# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु
# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु हामीले गाई भैंसी को गोठ निर्माण गर्दा निम्न्न्न कुराहरुमा ध्यान दिनुपर्दछ; * गोठ सुरक्षित हुनु पर्दछ जसले गर्दा गाई भैसिलाइ जाडो गर्मी बर्षा याम बतासबाट बचाउँछ, * गोठ सुविधा युक्त हुनुपर्दछ। यसले गाई भैसिलाइ बस्न घाँस र दाना पानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्दछ * गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लगायतमा गोठ तयार गर्न सकिन्छ * गोठ सफा गर्दा सजिलै सफा गर्ने सकिने हुनुपर्दछ र गोठको भुइँ केही भिरालो र पानी नजम्ने खालको हुनुपर्दछ * गोठको भुइँमा खस्रो हुनु पर्दछ * गोठमा प्रशस्त हावा एवंम् प्रकाश आवतजावत गर्ने किसिमको हुनुपर्दछ यदि कम भएमा पशुहरुलाई श्वास प्रशासन सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ * दुधालु पशुको लागि दूध दुहने पानी खुवाउने र सफा गर्न सजिलो हुने खालको हुनुपर्दछ * गोठ दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ * गोठमा दाना , घाँस र पानी खेर नफाली खान सक्ने डुड हुनुपर्दछ * विभिन्न उमेर पशुहरूको लागि आवश्यक प...