Friday 20 August 2021

# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

 # गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु


हामीले गाई भैंसी को गोठ निर्माण गर्दा  निम्न्न्न  कुराहरुमा ध्यान दिनुपर्दछ;
*  गोठ सुरक्षित हुनु पर्दछ जसले गर्दा गाई भैसिलाइ जाडो गर्मी 
बर्षायाम  बतासबाट बचाउँछ,
* गोठ सुविधा युक्त हुनुपर्दछ। यसले गाई भैसिलाइ बस्न घाँस र दाना पानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्दछ
* गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लगायतमा गोठ  तयार गर्न सकिन्छ
* गोठ सफा गर्दा सजिलै सफा गर्ने सकिने हुनुपर्दछ र गोठको भुइँ केही भिरालो र पानी नजम्ने खालको हुनुपर्दछ
* गोठको भुइँमा खस्रो हुनु पर्दछ
* गोठमा प्रशस्त हावा एवंम् प्रकाश आवतजावत गर्ने किसिमको हुनुपर्दछ यदि कम भएमा पशुहरुलाई श्वास प्रशासन सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ
* दुधालु पशुको लागि दूध दुहने पानी खुवाउने र सफा गर्न सजिलो हुने खालको हुनुपर्दछ
* गोठ दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ
* गोठमा दाना , घाँस र पानी खेर नफाली खान सक्ने डुड हुनुपर्दछ
* विभिन्न उमेर पशुहरूको लागि आवश्यक पर्ने क्षेत्रफलका बनाउनु पर्दछ ।जन यस प्रकार छ;


पशुको किसिम          क्षेत्रफल प्रति पशु वर्गफिट         आहारा दिने
                            बन्द क्षेत्र               खुल्ला क्षेत्र         स्थानको
                                                                               क्षेत्रफल(इन्च)

गाई               20-30            80-100       20-24
भैसी              25-30            80-100       24-30
कोरेली          15-20             50-60         15-20
गर्भिणीगाई    100-120         180-200     25-30
साढे              120-140         200-250     24-30


# गाई भैंसी को गोठ को निर्माण/ व्यवस्थापन:

         ब्यवसायिक रुपमा गाई भैसी पालन गर्दा गोठको राम्रो व्यवस्थापन गर्नुपर्दछ। जस्तो गर्मी जाडो पानी र हुरीबतास बाट बचाउनको लागि व्यवस्थापन हुनु आवश्यक छ ।गाई भैसीको गोठ व्यवस्थापन तथा निर्माण गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछ। 
* गोठको जग र भित्ता,
* गाइभैँसीको गोठको भुई क्षेत्र निर्माण,  
* पर्खाल क्षेत्र,
* गोठको चौडाई,
* गोठको गेट,
* गोठको छाना,
* डुडको निर्माण,
* खुट्टा ढुबाउने क्षेत्र,
* मल राख्ने खाडल 
आदी 

# गोठको जग र भित्ता;

 नरम माटो भएको स्थान अधिक गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराइ गरेर जग राख्नु पर्दछ। जमिन माथि 4 फिट माथि सम्म पानीले पखाल्न सहज हुनेगरी चिल्लो पार्नुपर्दछ गोठ भित्र पर्ने कुना भएको स्थानलाई पूरेर गोलो पार्नुपर्दछ। यसले कुनामा धुलो जन्मा हुन पाउँदैन र साथै दुवाल कोणको परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन।


# गाइभैँसीको भुइँ क्षेत्र निर्माण;
        गाई भैंसी को गोठ कडा पानी बग्न सोच्ने र सफा गर्न सजिलो हुने ढङ्गबाट निर्माण गर्नुपर्दछ । सिमेन्ट कंक्रिटको ढलन गरेर वा इट्टा छपाएर वार ढुङ्गा छापेर गोठको भुई निर्माण गर्न सकिन्छ। हामीले सकेसम्म खुल्ला क्षेत्र र नसके पनि बन्द क्षेत्र अनिवार्यरुपमा सिमेन्टेड हुनुपर्दछ ।यसरी भुइँ क्षेत्रको निर्माण गर्दा बुइ खस्रो खालको बनाउनुपर्दछ ।गोठको भुई सामान्यतया जमिन देखि 40 सेन्टिमिटर जति उचाइमा अाउनु पर्दछ । दुई क्षेत्रको निकासका तर्फ हल्का बिरालो बनाएर बनाउनु पर्दछ ।जसले गर्दा सफा गरेको पानी र पिसाब बगेर जान सक्दछ।


# पर्खाल क्षेत्र;
       गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदम बलियो हुनु पर्दछ। पर्खाल बनाउँदा इँटा ढुंगा वा 10 -12 cm बाक्लो rainforce सिमेन्ट कंक्रिट पर्खाल पनि बनाउन सकिन्छ भिरालो छाना भएको बन्द क्षेत्रको प्रथाको उचाइ 2•25 मिटर र खुल्ला क्षेत्रलाई 1•5 मिटर अग्लो पर्खालले घेरिएको हुन्छ।


# गोठको चौडाई;
         एकोहोरोमा राख्दा देखि 4•25 मिटर र दोहोरो लाईमा राख्दा 7•9 देखि 8•7 मिटर चौडाइ र गुटको लम्बाई पशुको संख्या को आधारमा हुन्छ। त्यस्तै गोठको उचाइ छानामा राख्ने सामग्री र हावापानीका व्यवस्थापन भरपर्दछ। तापनि साधारणतय छानाको उच्च 2•25 मिटर हुनुपर्दछ।

# गोठको गेट;
         गोठ भित्र प्रवेश गर्न गेट 1•2 मिटर फराकिलो हुनुपर्दछ । र यो फलाम वा बलियो काठबाट निर्माण गर्नुपर्दछ।


# गोठको छाना;
         छाना स्थानीय हावापानी सुहाउँदो हुनुपर्दछ गर्मी ठाउँमा आवाज ओहोर-दोहोर हुने व्यवस्थापन भएको दुईतिर बिरालो परेको उपयुक्त हुन्छ । भने चौडाई कम भएको गोठमा दुइतिर बिरालो भई छानाको माथिपट्टि उठेको हुनु, राम्रो हुन्छ । छाना मुलुकको बलियो, टिकाउ ,हेर्दा आकर्षक, पानी नसुनिने हुनुपर्दछ । छानामा राख्नसक्ने सामग्रीमा टायल तिनको जस्ता पाता आदि राख्न सकिन्छ ।स्थानीय रुपमा पाइने सामग्री जस्तै पराल,खर आदि पनि प्रयोग गरिन्छ। 
यस्तो  छानो बनाउन सस्तो पर्ने र गोठलाई शितल समेत बनाउने भएतापनि आगो लाग्ने सम्भावनाबाट बचाउन सावधानी अपनाउनु पर्दछ।

७) डुडको निर्माण:
               जमिनबाट 50 सेन्टिमिटर अग्लो हुने गरी इट्टा ढुंगाबाट यसको निर्माण गर्नसकिन्छ पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउनुपर्दछ । प्रति व्यस्क पशुवस्तु 10-20 cm लम्बाई हुने गरी पानी पिउने क्षेत्रको निर्माण गर्नुपर्दछ।


८) खुट्टा डुबाउने क्षेत्र;
          सरुवा रोगबाट बचाउन को लागि गोठ को गेटमा 12×4m फराकिलो तथा 0• 3 मिटर गहिरो हुने गरी यसको निर्माण गरिन्छ र 5% पानी वा 1% पोटासियम परग्याग्नेट वा 7% चुन पानी अडर रुपमा राख्नु पर्दछ।


९) मल राख्ने खाडल;
            गाइभैँसीको गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नुपर्दछ ।यसरी बनाइने खाडल प्रति एक गाई भैसीको लागि 12-25 मिटरजति आवश्यक पर्दछ किनकी एउटा गाई भैसी बाट प्रतिदिन 40kgको  दरले मल प्राप्त हुन्छ र प्रति 3मिटरमा 700-100kg सम्म मात्र मोल अटाउन सकिन्छ।

No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...