Friday 20 August 2021

Breeding System (प्रजन्न प्रणाली) Important

 Breeding System (प्रजन्न प्रणाली) Important


Species( जात)
Breed(नश्ल)
Breeding(नश्ल सुधार)

# species;
        फरकफरक क्रोमोजोमको संख्या भएको विभिन्न विशेषता भएका पशु नश्लहरुको समूहलाई जात भनिन्छ। जस्तै भेडाबाख्रा गाई भैंसी आदि।

# Breed;
          आकारप्रकार जस्ता शरिरिक बनावट (morphology)  र गुणहरू मिल्दा जुल्दा भएका एउटा क्रोमोजोम संख्या भएका र वंशजका नाताले सम्बन्धित पशुहरूको समूहलाई breed भनिन्छ । जस्तै; जर्सि, होलिस्टेन आदि गाईका नश्ल हुन्।

# Breeding
          एउटै क्रोमोजोमको नम्बर भएका पशुहरु बिच संसर्ग गराई सन्तान उत्पादन गर्नुलाई नश्ल सुधार भनिन्छ। क्रोमोजोम number नमिल्ने जनावर हरु बीच ससर्ग गराई सन्तान उत्पादन गर्न सकिँदैन।


# Breeding मुख्यतया दुई किसिमको हुन्छ;
१) Inbreeding(अन्तरसम्बन्धित सम्बन्धबिच प्रजनन)
२)cut breeding(असम्बन्धित सम्बन्धबिच प्रजन्न)


१) Inbreeding;
          एउटै नश्लको नाता सम्बन्ध बिच  ससर्ग गराई सन्तान उत्पादन गर्नुलाई inbreeding भनिन्छ । यो दुई किसिमको हुन्छ;

   # close breeding:
              घर नजिकको नाता पर्न जस्तै बुबा- छोरी ,आमा छोरा ,दाई- बहिनि बिच प्रजन्न गराई सन्तान उत्पादन गर्नु नै close breeding भनिन्छ।

# line breeding:
              एउटै नाताका तर close reading भन्दा केहि परका बीच प्रजन्न गराई सन्तान उत्पादन गर्नु line breeding भनिन्छ।

# Inbreedingका फाइदा;
* जातीय शुद्धताको आउदै जान्छ
* पूर्खाको वंश कायम राख्न सकिन्छ
* पूर्खाको लुप्त (Dominant character) भए नभएको जाँच गर्न सकिन्छ।

# inbreedingका फाइदा;
* उत्पादन क्षमताका घट्दै जान्छ
* परिपक्क हुने उमेर बढ्दै जान्छ
* पशुहरूको गुणमा विकृति देखिन्छ
* सन्तानको मृत्यु दर बढ्दै जान्छ
* रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ
* शारीरिक तौल तथा वृद्धिदर कम हुँदै जान्छ।

२) out breeding:
              एउटै जात भित्र फरक फरको एउटै नश्ल तर  नाता नपर्ने बीच ससर्ग गराई सन्तान उत्पादन गर्नुलाई outbreeding भनिन्छ। जस्तै; जर्सि+ होलिस्टेन


# outbreeding चार प्रकारको हुन्छ;
* out crossing (एउटै नसल बीच प्रजन्न)
* Grading up (असल र कमसल नसलबिच)
* Interspecies hybridisation(अन्तर्जातीय प्रजन्न)
* Cross breeding (अलग नसल बीच प्रजन्न)

) out crossing;
            4 -6 पूठता सम्भावना त सम्बन्ध नभएका जातहरू बिच प्रजन्न गराई सन्तान उत्पादन गर्नुलाई out क्रसिङ भनिन्छ। जस्तै; ग्याग्दिको जर्सि को साढे र बाग्लुङको जर्सि गाई

२) Grading up:
           स्थानीय र उन्नत जातको पशु बिच प्रजन्न गराउनुलाई grading up भनिन्छ। जस्तै; खैला+ जर्सी


३) Interspecies hybridization;
          दुई बेग्ला बेग्लै जातका पशु बिच प्रजन्न गराई सन्तान उत्पादन गर्नुलाई interspecies hybridization भनिन्छ। यस प्रवृत्तिबाट hybrid उत्पादन गर्न सकिन्छ जस्तै: घोडा+गघी=हिन्ती
          गधा+घोडी= खच्चड


४) cross breeding:
           दुई भिन्न नसलका पशु बिच प्रजनन् नगराई सन्तान उत्पादन गर्नुलाई cross breeding भनिन्छ। जस्तै; जर्सी+ हेलिस्टेन

# cross breeding का तरिका;

१) cross/ two crossing;
                  दुई छुट्टाछुट्टै नसक्दा पशु बिच प्रजन्न गराई त्यसबाट जन्मिएका बच्चालाई पालैपालो तिनै जातका नाता नपर्ने भाले पशुहरु बिच प्रजन्न गराउने प्रक्रियालाई two crossing भनिन्छ। जस्तै; जर्सि vs होलिस्टेन

                                            ⬇️
                                     सन्तान+ हेलिस्टेन
                                            ⬇️
                                      सन्तान+ जर्सी
२) Triple crossing;
                तीन छुट्टाछुट्टै नसक्दा पशुबिच प्राथमिक रुपमा प्रजन्न गराउनुलाई triple crossing भनिन्छ। जस्तै;जर्सिvs होलिस्टेन
                ⬇️
        सन्तान vs रेड सिन्धी
                ⬇️
        सन्तान vs जर्सि


३) back cross breeding;
            कुनै दुई छुट्टाछुट्टै नसकेका भाले पोथी बाट जन्मेको वंणशंकरलाई ती मध्ये शुद्ध नाता नपर्ने एक नसलको भालेबाट प्रजन्न गराउँदै जानुलाई back cross breeding भनिन्छ। यसमा उद्देश्य अनुसारको रंङ, बानी,व्यवहार उत्पादन आदि नआएसम्म प्रजन्न गराउदैं लगिन्छ।
         

Dehorning Disbudding

 Dehorning Disbudding


पशुहरूको सानै उमेरदेखि सिंग उम्रने नदिइ सिङ्ग डाम्ने प्रक्रियालाई disbudding भनिन्छ। यो बाछाबाछी वा पाडापाडी मा जन्मेको 10 दिन भित्र मा गर्नुपर्दछ।
  Disbuding दुई प्रकारबाट गर्न सकिन्छ:
१) chemical method(रासायनिक तरिका)
२) electrical method (विद्युतीय तरिका)

१) chemical method;
          Caustic soda coral rod सिङको जरामा घोटने प्रक्रियालाई chemical method भनिन्छ। यो विधि पशुमा 7-10 दिनको उमेरमा गरिन्छ।

२) electrical method;
           विद्युतीय उपकरणबाट सिंहको जरामा पुर्ने प्रक्रियालाई electrical method भनिन्छ विद्युतीय उपकरणको तापक्रमका 1000°f तापमा 10sec सम्म तताउने। यो विधि पशुमा 7 -10 दिनको उमेरमा गरिन्छ।

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने Identification of farm animals

 Identification of farm animals  

पशुहरूको पहिचान/ पशुहरुलाई चिन्ह लगाउने


   कुनैपनि पशु फार्ममा क्रम संख्यामा पशुपालन गर्दा हरेक पशुको भो व्यक्तिगत परिचय दिन उत्पादन रेकर्ड राख्न, स्वास्थ्य रेकर्ड राख्न , आदि कार्य को लागि पशुहरुलाई पहिचान दिन आवश्यक छ । पशुहरुलाई पहिचानको गर्ने माध्यमहरु निम्न छन्;

१) Ear tagging
२) Ear notching
३) Branding
४) Tattoing

१) Ear tagging
             कुनै पनि पशुको पहिचान गर्नको लागि विभिन्न तीन तथा संख्या वा अक्षर लेखिएको धातु वा रबरबाट निर्मित tag( टप) लगाई पशुको पहिचान गर्न तरिकालाई Ear tagging भनिन्छ।

* यो गाई, भैसी ,भेडा , बाख्रा मा निकै प्रचलित तरिका हो।
* tag हरुमा फलाम वा प्लास्टिकहरुबाट number अंकित गरिएको हुन्छ
* यो tagging machine को साहायताले पशुको कानमा लगाइन्छ

) Ear notching
* कुनै पनि पशुको पहिचान गर्न सानै उमेरमा कानको टुप्पो वा फेदमा काटेर विभिन्न आकृति तथा चीन्न दुई पशुको पहिचान गर्ने तरिकालाई Ear notching भनिन्छ।
* यो विधि विशेषगरी बंगुरमा प्रचलित छ
* यो तरिकाबाट पशुको पहिचान गर्दा  कम उमेरको पशुको छनोट गर्नुपर्दछ

३) Branding;
* पशु पहिचानको लागि आगोमा तताइएको वा अन्य विधिबाट तताइएको रातो भएको फलाम वा धातुमा कुनै संख्या वा चीन्न अक्षर  जस्तै;a,b.. आदि पशुहरूको शरीरमा ढाक्ने प्रक्रियालाई banding भनिन्छ।
* यो तरिका विषेशगरी भाउबाट बच्चा छुट्टाउने समस्या (weaning )वा १ वर्षभन्दा माथिको पशुहरुमा प्रयोग गरिन्छ।
* branding गर्दा प्रायजसो पशुको साप्रा को भागमा गरिन्छ
* यो विधि पशु कल्याणको दृष्टिकोण बाट उपयुक्त वा प्रभावकारी मान्दैन्।

४)Tattooing;
* पशुको कानमा ट्याटु खोपेको जस्तै खोप्ने र त्यसमा आफूले चाहेको रङ वा अज्ञर दिई पहिचान गर्ने तरिकालाई tattooing भनिन्छ।
* यो विधि विशेष गरी खरायोमा प्रचलित छ
* यो विधिबाट पशुको पहिचान गर्दा Tattooing machine को साहायताले गरिन्छ
* यो विधि प्रयोग गर्दा विभिन्न चिन्न दिइएको ठाउँमा antiseptic solution को प्रयोग गरिन्छ।

Castration ( पशु बन्धयाकरण)

 Castration ( पशु बन्धयाकरण)


भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन  अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यसैगरी पोथी पशु तथा जनावरलाई प्रजन्न अयोग्य बनाउने तरिकालाई spaying भनिन्छ।

# पशु बन्ध्याकरणको फाइदा;
* मासुको गुणस्तर तथा खाद्यमा वृद्धि गर्ने
* अनावश्यकप्रजननकार्य रोक्न
* पशुलाई शान्त स्वभावको बनाउन
* वंशाणु सुधार गर्ने
* हाड नाताको सम्बन्ध रोक्न आदि।

# castration गर्न उपयुक्त उमेर;

पशुको जात              उमेर
* बोका                   2-3 महिना
* बहर                   12-18 महिना
* बङगुर                  2-3 हप्ता
* भेडा                    5-6 महिना

# खसी /पशु बन्ध्याकरण पार्ने  तरिका;

पशु विशेष गरी दुई तरिका का खसी पारिन्छ;
१) close method
२) open method (surgical method)


१) close method
* यो तरिकालाई रगत मुक्त (blood less)पनि भनिन्छ
* यो विधि प्राय गाई, भैसी ,भेडा र बाख्रा मा प्रचलित छ
* यस विधिमा Burdizzos Castrator को प्रयोग गरिन्छ
* यस विधिमा Burdizzos Castrator को सहायताले अण्डासय को            (Vas deferens) नलीलाई च्याप्ने गरिन्छ फलस्वरूप प्रजन्न कार्यमा शुक्र कृषि शुक्रकिटको प्रवाह बन्द हुन गाई गर्वधारण नरहने हुन जान्छ।

# close method बोकालाई खसी पार्ने तरीका;
* खसी पाने भोकलाई राम्रो संग नियन्त्रणमा लिने
* दुबै अण्डकोषलाई विस्तारै तलतिर तान्ने र दुईवटा अौला को शाही ताले विर्यनली/शुक्रनलीलाई छेउ तिर पार्ने
* Burdizzos मेसिनको दाँत माथितिर पारेर लिने
* एक छेउको शुक्र नदी मेसिनको एकातिर पार्ने र बुढी औंलाले थिच्ने
• मेसिन लाई कट्वक आवज आउनेगरी च्याप्ने यसलाई 15- 20 सेकेन्ड सम्म बन्द गर्ने
* त्यसपछि Burdizzos Castrator मेसिन फुकाउने र बाहिर निकाल्ने
* यदि शंका लागेमा फेरि सोही ठाउँको अलिकती तल पारेर पहिला जस्तै गरि च्याप्ने
* अर्को भागमा / ठाउँमा पनि माथि जस्तै गरेर च्याप्ने र च्यापेको ठाउँमा iodine लगाइदिने

# खसी पार्दै अपनाउने सावधानी;
* Burdizzosले शुक्रनलि / विर्यनली लाई मात्र च्याप्ने
* खसी पार्दा विर्यनली चिप्लिन नदिने
* छाला दोव्रिएको ठाउँमा Burdizzosले नच्याप्ने
* च्यापिएको ठाउँमा पानी पर्न नदिने


२)Open method
         यो विधि प्राय बंगुर, कुकुरहरुमा प्रचलित छ । यो विधिमा विशेषगरी घोडा, कुकुर तथा बंगुरका पाठापाठीलाई प्रजन्न अयोग्य बनाउन सकिन्छ।

# open method खसी पार्ने तरीका;

* शल्यक्रियामा आवश्यक पर्ने विधि उपकरण र औषधीको प्रयोग गरिन्छ
* अण्डकोषलाई पेट तिर धकेली अन्डकोषको तलतिर छालामा antiseptic solution लगाइन्छ
* विलेटले अन्डकोष जोडिएको ठाउँ काट्ने र vas deferens लाई catgut सुचरले बाँध्ने
* त्यसपछि बाँधेको भागदेखि अन्न कोषलाई चुँडाउने वा काटेर एक-एक गरी बाहिर निकाल्ने
* अण्डकोष निकालिसकेपछि बाहिरी छालालाई नाइलन वा कटनको धागोले सिलाउने
* हृदयको ठाउँमा antiseptic solution तथा Himex मलम लगाई दिने

# पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

 # पशुलाई नियन्त्रणमा ल्याउने तरिका
   (Restrain of animals)


पशुहरुलाई विभिन्न उद्देश्यले नियन्त्रणमा तथा काबुमा ल्याउने तरिकाले Restrain of animals भनिन्छ। पशुलाई नियन्त्रणमा लिँदा विभिन्न तरिका अपनाउन सकिन्छ जुन यसप्रकार छ।
१) भौतिक तरिका(Travis)
२) जुरको डोरीले बाँधेर गरिने तरिका(casting rope)

१) भौतिक तरिका:
              ठूला पशुहरुलाई नियन्त्रणमा  लिन प्रयोग गरिने काठ तथा फलाम द्वारा निर्मित विशेष प्रकारको खोरलाई Traivis भनिन्छ । यसलाई स्थानीय सामग्रीहरु जस्तै: बास काठ तथा फलाम द्वारा बनाउन सकिन्छ। यसको चौडाइ 1m र लम्बाई 1 point 9 मिटर हुनुपर्दछ । त्यस्तै गरी पहिलो काठको उचाइ 1•6m र दोस्रो काठको उचाइ 1•4m र तेस्रो काठको उचाइ 1•2m हुनुपर्दछ र जमिनमुनि काठ 60cm गाडनु पर्दछ। Travis विशेषगरी निम्न उद्देश्यले बनाइन्छ।

१) औषधी खुवाउन को लागि
२) पशुहरुलाई इन्जेक्सन र भ्याक्सीन लगाउनुको लागि
३) तुला पशुहरुलाई कुत्रिमा गर्भाधान (AI) गर्ने
४) Palpation method बाट पशुको भित्री अङ्ग थाहापाउनु को लागि आदि।

२) casting rope:
             ठूला पशुहरुलाई नियन्त्रणमा लिनको निम्ति 12 देखि 15m लामो जुटद्वारा बनेको र सिलाई casting rope भनिन्छ। casting rope विशेष गरी बन्ध्याकरण ( castration) गर्नेको निम्ति प्रयोग गरिन्छ।


पशुलाई casting rope नियन्त्रणमा लिने तरिका निम्न छन्;

१) एउटा छोटो डोरीले बलियो किल्ला वा रुपमा टाउको लाई बाध्ने,
२) सो डोरी किल्लाको तल्लो भागमा बुई नजिक बाध्ने
३) लामो डोरी लिएर एउटा टुप्पो तिर स्थिर गोठलाई बनाइ गाँठो पार्ने र यो गाँठो सुर्के नपर्ने खालको हुनुपर्दछ
४) त्यसपछि पशुको बायाँपट्टि भएको मान्छेले  नबाधेको डोरीको टुप्पो पशुको ढाड माथिबाट पशुको दायाँपट्टी को मानिस तिर लैजानुपर्दछ
५) पशुको छाति ओरिपरी डोरी परेर अलि भएको हुनुपर्दछ र त्यसका डोरिलाई दरिलो गरी नकसिने गरी विस्तारै
६) डोरीलाई फेरि पशुको शरीरको तल बाट घुमाई माथि छिल्लिएर पहिला जस्तै गरी Hip bone को ठिक अघि पर्नेगरी दोस्रो गोठ बनाइ अल्झाउने र डोरीको टुप्पोलाई एकदेखि दुई जनाले तान्ने
७) पशु ठल्ने बित्तिकै टाउको जमिन तब तर्फ राम्ररी उठाउने यसो गर्दा पशु उठ्न सक्दैन र उठ्ने कोशिस गर्न पनि  छोड्दैन।

# गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

 # गाई भैंसी को गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु


हामीले गाई भैंसी को गोठ निर्माण गर्दा  निम्न्न्न  कुराहरुमा ध्यान दिनुपर्दछ;
*  गोठ सुरक्षित हुनु पर्दछ जसले गर्दा गाई भैसिलाइ जाडो गर्मी 
बर्षायाम  बतासबाट बचाउँछ,
* गोठ सुविधा युक्त हुनुपर्दछ। यसले गाई भैसिलाइ बस्न घाँस र दाना पानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्दछ
* गोठ बनाउँदा गाउँघरका स्थानीय सामग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लगायतमा गोठ  तयार गर्न सकिन्छ
* गोठ सफा गर्दा सजिलै सफा गर्ने सकिने हुनुपर्दछ र गोठको भुइँ केही भिरालो र पानी नजम्ने खालको हुनुपर्दछ
* गोठको भुइँमा खस्रो हुनु पर्दछ
* गोठमा प्रशस्त हावा एवंम् प्रकाश आवतजावत गर्ने किसिमको हुनुपर्दछ यदि कम भएमा पशुहरुलाई श्वास प्रशासन सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ
* दुधालु पशुको लागि दूध दुहने पानी खुवाउने र सफा गर्न सजिलो हुने खालको हुनुपर्दछ
* गोठ दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ
* गोठमा दाना , घाँस र पानी खेर नफाली खान सक्ने डुड हुनुपर्दछ
* विभिन्न उमेर पशुहरूको लागि आवश्यक पर्ने क्षेत्रफलका बनाउनु पर्दछ ।जन यस प्रकार छ;


पशुको किसिम          क्षेत्रफल प्रति पशु वर्गफिट         आहारा दिने
                            बन्द क्षेत्र               खुल्ला क्षेत्र         स्थानको
                                                                               क्षेत्रफल(इन्च)

गाई               20-30            80-100       20-24
भैसी              25-30            80-100       24-30
कोरेली          15-20             50-60         15-20
गर्भिणीगाई    100-120         180-200     25-30
साढे              120-140         200-250     24-30


# गाई भैंसी को गोठ को निर्माण/ व्यवस्थापन:

         ब्यवसायिक रुपमा गाई भैसी पालन गर्दा गोठको राम्रो व्यवस्थापन गर्नुपर्दछ। जस्तो गर्मी जाडो पानी र हुरीबतास बाट बचाउनको लागि व्यवस्थापन हुनु आवश्यक छ ।गाई भैसीको गोठ व्यवस्थापन तथा निर्माण गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछ। 
* गोठको जग र भित्ता,
* गाइभैँसीको गोठको भुई क्षेत्र निर्माण,  
* पर्खाल क्षेत्र,
* गोठको चौडाई,
* गोठको गेट,
* गोठको छाना,
* डुडको निर्माण,
* खुट्टा ढुबाउने क्षेत्र,
* मल राख्ने खाडल 
आदी 

# गोठको जग र भित्ता;

 नरम माटो भएको स्थान अधिक गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराइ गरेर जग राख्नु पर्दछ। जमिन माथि 4 फिट माथि सम्म पानीले पखाल्न सहज हुनेगरी चिल्लो पार्नुपर्दछ गोठ भित्र पर्ने कुना भएको स्थानलाई पूरेर गोलो पार्नुपर्दछ। यसले कुनामा धुलो जन्मा हुन पाउँदैन र साथै दुवाल कोणको परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन।


# गाइभैँसीको भुइँ क्षेत्र निर्माण;
        गाई भैंसी को गोठ कडा पानी बग्न सोच्ने र सफा गर्न सजिलो हुने ढङ्गबाट निर्माण गर्नुपर्दछ । सिमेन्ट कंक्रिटको ढलन गरेर वा इट्टा छपाएर वार ढुङ्गा छापेर गोठको भुई निर्माण गर्न सकिन्छ। हामीले सकेसम्म खुल्ला क्षेत्र र नसके पनि बन्द क्षेत्र अनिवार्यरुपमा सिमेन्टेड हुनुपर्दछ ।यसरी भुइँ क्षेत्रको निर्माण गर्दा बुइ खस्रो खालको बनाउनुपर्दछ ।गोठको भुई सामान्यतया जमिन देखि 40 सेन्टिमिटर जति उचाइमा अाउनु पर्दछ । दुई क्षेत्रको निकासका तर्फ हल्का बिरालो बनाएर बनाउनु पर्दछ ।जसले गर्दा सफा गरेको पानी र पिसाब बगेर जान सक्दछ।


# पर्खाल क्षेत्र;
       गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदम बलियो हुनु पर्दछ। पर्खाल बनाउँदा इँटा ढुंगा वा 10 -12 cm बाक्लो rainforce सिमेन्ट कंक्रिट पर्खाल पनि बनाउन सकिन्छ भिरालो छाना भएको बन्द क्षेत्रको प्रथाको उचाइ 2•25 मिटर र खुल्ला क्षेत्रलाई 1•5 मिटर अग्लो पर्खालले घेरिएको हुन्छ।


# गोठको चौडाई;
         एकोहोरोमा राख्दा देखि 4•25 मिटर र दोहोरो लाईमा राख्दा 7•9 देखि 8•7 मिटर चौडाइ र गुटको लम्बाई पशुको संख्या को आधारमा हुन्छ। त्यस्तै गोठको उचाइ छानामा राख्ने सामग्री र हावापानीका व्यवस्थापन भरपर्दछ। तापनि साधारणतय छानाको उच्च 2•25 मिटर हुनुपर्दछ।

# गोठको गेट;
         गोठ भित्र प्रवेश गर्न गेट 1•2 मिटर फराकिलो हुनुपर्दछ । र यो फलाम वा बलियो काठबाट निर्माण गर्नुपर्दछ।


# गोठको छाना;
         छाना स्थानीय हावापानी सुहाउँदो हुनुपर्दछ गर्मी ठाउँमा आवाज ओहोर-दोहोर हुने व्यवस्थापन भएको दुईतिर बिरालो परेको उपयुक्त हुन्छ । भने चौडाई कम भएको गोठमा दुइतिर बिरालो भई छानाको माथिपट्टि उठेको हुनु, राम्रो हुन्छ । छाना मुलुकको बलियो, टिकाउ ,हेर्दा आकर्षक, पानी नसुनिने हुनुपर्दछ । छानामा राख्नसक्ने सामग्रीमा टायल तिनको जस्ता पाता आदि राख्न सकिन्छ ।स्थानीय रुपमा पाइने सामग्री जस्तै पराल,खर आदि पनि प्रयोग गरिन्छ। 
यस्तो  छानो बनाउन सस्तो पर्ने र गोठलाई शितल समेत बनाउने भएतापनि आगो लाग्ने सम्भावनाबाट बचाउन सावधानी अपनाउनु पर्दछ।

७) डुडको निर्माण:
               जमिनबाट 50 सेन्टिमिटर अग्लो हुने गरी इट्टा ढुंगाबाट यसको निर्माण गर्नसकिन्छ पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउनुपर्दछ । प्रति व्यस्क पशुवस्तु 10-20 cm लम्बाई हुने गरी पानी पिउने क्षेत्रको निर्माण गर्नुपर्दछ।


८) खुट्टा डुबाउने क्षेत्र;
          सरुवा रोगबाट बचाउन को लागि गोठ को गेटमा 12×4m फराकिलो तथा 0• 3 मिटर गहिरो हुने गरी यसको निर्माण गरिन्छ र 5% पानी वा 1% पोटासियम परग्याग्नेट वा 7% चुन पानी अडर रुपमा राख्नु पर्दछ।


९) मल राख्ने खाडल;
            गाइभैँसीको गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नुपर्दछ ।यसरी बनाइने खाडल प्रति एक गाई भैसीको लागि 12-25 मिटरजति आवश्यक पर्दछ किनकी एउटा गाई भैसी बाट प्रतिदिन 40kgको  दरले मल प्राप्त हुन्छ र प्रति 3मिटरमा 700-100kg सम्म मात्र मोल अटाउन सकिन्छ।

गाई भैंसी को घर प्रणाली / Housing system

 Housing system गाई भैंसी को घर प्रणाली


         कुनैपनि पशुलाई खुल्ला छोडेर उवा बाँधेर पाल्ने प्रणाली भनिन्छ। यसलाई दुई भागमा विभाजन गरिएको छ 
१) खुल्ला छोडेर पालिने प्रणाली( loose housing)
२) बाँधेर पालिने/ पूर्ण बन्देज (conventional housing)

१) खुल्ला छोडेर पालिने प्रणाली
           पशुलाई दुख्ने तथा औषधि उपचारको समस्यामात्र बाँधेर राख्ने तर अन्य समयमा खुल्ला छोडेर पार्ने प्रक्रियालाई loose housing system भनिन्छ। यो तरिकाबाट गाई तथा भैसिपालन गर्द निश्चित क्षेत्रमा तारजाली वा  खोरको निर्माण गरी स्व खोरमा गाई भैसी खुल्ला छोडेर पाल्ने गरिन्छ। यसको लम्बाई आवश्यकता अनुसार हुन्छ भने चौडाई 33 फिटको हुनुपर्दछ।

# यसको फाइदा;

* गोठको बनावटमा लाग्ने खर्च मा गोठ निर्माण भन्दा कम लाग्छ
* पशुहरु हिटमा आएको छिट्टै तथा सजिलै थाहा पाउन सकिन्छ
* पशुलाई खुल्ला छोड्ने  हुनाले पशुले आफूलाई स्वतन्त्र भएको महसुस गर्दछ र उत्पादनसमेत वृद्धि हुनसक्छ।
* यो तरिकामा पशुले प्राप्त मात्रमा व्याम पाउने गर्दछ जुन पशुमा सस्तै का दृष्टिकोणले ज्यादै महत्वपूर्ण हुन्छ।


# यसको बेफाइदा;

* कुनै एक पशुमा लागेको हो अर्को पशुमा सजिलै सर्न सक्छ
* विभिन्न किसिमका प्रजन्न समस्याहरु जस्तै abortion, dystocia (बच्चा अड्कने) देखापर्दछन्।
* Inbreeding को समस्या देखापर्दछ
* पशुहरु आपसमा दुधने समस्या देखापर्दछ
* बढी जमिनको आवश्यकता पर्दछ
* हरेक गाई तथा भैसीलाई हेरविचार पुर्याउन नसकिने
* दुध दुहनको लागि अलग घर चाहिने
* आहारा खानेबेलामा प्रतिस्पर्धा हुने


२) बाधेर पालिने प्रणाली;
           पशुले दिनरात जोडिने बाँधेर पालिने प्रणालीले बाँध र पालिने प्रणाली भनिन्छ यो प्रणालीमा दुहुना गाई भैंसी पाडापाडी राख्ने गोठ व्यवहाउने पशु राख्ने बोट आदिको लागि छुट्टा-छुट्टै निर्माण गरेको हुन्छ यसमा प्रत्येक पशुको लागि दानापानी खाने ठाउँको व्यवस्था छुट्टाछुट्टै हुन्छ यो प्रणालीमा पशुलाई दुई तरिकाबाट पाल्न गर्न सकिन्छ।
१) पुच्छर एकै तर्फ गरिएर पालिने (tail to tail)
२) टाउको एकै तर्फ गरिएर पालिने (head to head)


# बाँधेर पालिने प्रणालीको फाइदा;
* यो तरिकाबाट पशुपालन गर्दै एउटा पशुमा लागेको रोग अर्को पशुमा सर्ने सम्भावना कम हुन्छ
* यो प्रणालीमा प्रत्येक पशुको लागि छुट्टा छुट्टै गोठ हुने भएकाले पशुहरुमा देखापर्ने विभिन्न समस्याहरूको सम्भावना कम हुन्छ
* पशुहरूको स्वास्थ्य जाँच गर्न सजिलो हुन्छ
* सरसफाइ गर्न सजिलो हुन्छ
* पशुलाई दिएको दानापानी उचित तरिकाले प्रयोग हुन्छ
* दुध दुहनको लागि छुट्टै घर नचाहिने


# बाँधेर पालिने प्रणालीको बेफाइदा;
* गोठ तथा खोल्ने रडको लागत बढी हुन्छ
* कामदारको आवश्यकता बढी हुन्छ
* खोर व्यवस्थापनमा बढी ध्यान दिनुपर्दछ
* वा विषयमा फर्मकाे आकार बढाउन सकिँदैन।


      Conventional housing = single-16 ओटा पाल्न सकिन्छ
      Double - 50 ओटा पाल्न सकिन्छ।

# बाँधेर पालिने प्रणालीको तरिका;

१)Tail to tail system
          गाई भैसी को पुच्छर एकै तर्फका एर पालिने प्रणालीलाई पुच्छर पुच्छर एकै तर्फ गरिएर पालिने प्रणाली भनिन्छ।
यसको फाइदा;
* पशुलाई सफागर्न दूध दुहने सजिलो हुन्छ
* एक पशु देखि अर्को पशुमा रोग गर्न सम्भवना कम हुन्छ
* कामदारले काम गर्न सजिलो हुन्छ
* पशुले स्वच्छ र ताजा हावा पाउछ।

यसको बेफाइदा;
* तुलनात्मकरुपमा दानापानी धेरै लाग्छ
* स्वस्थ प्रश्वास बाट लाग्ने रोग सर्ने सम्भावना कम हुन्छ भने पशुलाई पछिल्लो भाग बाट लाग्ने रोग सर्ने सम्भावना बढी हुन्छ (जस्तै ;जुनेलो)
* पशुहरुले दिसापिसाप गर्ने ठाउँ अली चिसो भइरहन्छ
* तुलनात्मक रुपमा दूध दुहदा फोहोर हुने सम्भावना बढी हुन्छ।

२)Head to Head system
          गाइभैँसीको टाउको एकै तर्फ फकाएर पाल्ने प्रणालीलाई head to head system भनिन्छ।
यसको फाइदा हरु;
* पशुहरुलाई राम्रो र सजिलोसँग दानापानी र घासपात दिन सकिन्छ
* पशुहरुलाई गोठमा हुल्न सजिलो हुन्छ
* पशुहरुले दिसापिसाप गर्ने नालीमा घामपनि हुनाले सफा र सुख्खा हुन्छ।

यसको बेफाइदाहरु;
* दूध दुहुन गाह्रो हुन्छ
* कामदारलाई काम गर्न असहज बढी हुन्छ
* स्वासप्रस्वास बाट लाग्ने रोग सँग सम्भावना बढी हुन्छ।

# भैसीका जातहरु

 # भैसीका जातहरु;


१) स्थानीय जातका भैसीहरु;
* लिभे (साना जातका भैँसी)
* पाककोटे
* गडुी
* तराई


२) विदेशी जातका भैसीहरु;
* मुर्रा
* निलिराभी निली निलिराभी
* सुतो(गुजाराती)
* जाम जाफाखादी


# स्थानीय जातका भैंसी को विशेषताहरु;
१) लिमे:
* यो नेपालको स्थानीय जातको भैसी हो
* यो नेपालको सामुदायिक सतहको ७००-१५००को उचाई मा पाइन्छ।( मध्य पहाड तथा कास्की ,पर्वत ,लम्जुङ्ग आदि)
* यो नेपालको स्थानीय जातको भैसी हरु मध्ये सबैभन्दा सानो शरीर भएको जात हो
* यसको सरीरको रङ सेतो सिङ्ग गोलाकार रूपमा घाँटी फराकिलो हुन्छ
* यसको शारीरिक तौल ३००-९००kg को हुन्छ
* यसको पहिलो पटक बाली जाने उपयुक्त उमेर ६१ महिना हो
* यो जातको भैसीको दुध उत्पादनका क्षमता प्रतिवेदन ९१५ हुन्छ
* यसको दूधमा 7 % fat हुन्छ
* यसको अवधि ३१०-३१५को हुन्छ
* यसको lactation period 305 दिनको हुन्छ।

२) पार्ककोटे;
* यो नेपालमा पाइने स्थानीय जातको भैसी हो
* यो नेपालको सामुदायिक सतह देखि 1500- 2400 को उचाईमा पाइन्छ
* यो जातको भैसीको रङ्ग कालो, लामो निधार, सिङ्ग लामा र पछाडि गएका हुन्छन्
* यसको शारीरिक तौल ३०० -३२५-३५०kgको हुन्छ
* यसको पहिलो पटक बाली जाने उपयुक्त उमेर 62 महिना हो
* यो जातको भैसिको दुध उत्पादन क्षमता प्रतिवेदन 1000L हुन्छ
* यसको दूधमा 7•5 % फ्याट पाइन्छ।


३) गडुी;
* यो नेपालको सुदुरपश्चिम क्षेत्रमा पाइने स्थानीय जातको भैसी हो
* यसको शारीरिक बनावट कालो रङ्ग, निधारको बिचमा सेतो रङ , सिङ्ग अघगोलाकार रुपमा अगाडि आएको पछाडीको शरीर को  भाग ठूलो र मोटा खुट्टा छन्
* यसको शारीरिक तौल ३७०-३८० kg को हुन्छ
* यसको पहिलो पटक बाली जाने उपयुक्त उमेर 55 महिना हो
* यो स्थानीय जातहरु मध्ये सबै बढी दूध दिने भैंसी हो
* यसको दुध उत्पादन क्षमता प्रतिवेदन 1460 लिटर हुन्छ
* यसको दूधमा 7•5% fat पाइन्छ।


४) तराई;
* यो जातको भैसी नेपालको तराई तथा भारतको उच्च उत्तर प्रदेशमा पाइन्छ
* यसको शारीरिक बनावट ;लामा कान, साना आखा र कालो रङको हुन्छ
* यो जातको भैसी मुरा भैंसी सँग cross period गराएर पालिदै आएको छ।

# बिदेशी जातका भैसीहरु;
१) मुर्रा:
* यसको उत्पत्ति भारतको पञ्जाबमा भएको हो
* यसको शारीरिक बनावट; टाउको सानो ,घुम्रिएको सिङ्ग, नरम छाला ,पुछारमा सेतो छिक्रे भएको र कालो रङ्ग हुन्छ
* यसको शरीर त्रिभुज आकारको हुन्छ
* यसको शारीरिक तौल: भैसी ६५०kg
                                  रागो ७५०kg
* यसको दुध उत्पादन क्षमता प्रतिवेदन 2000L हुन्छ
* यो जातको भैंसीको दूधमा ७%fat हुन्छ
* यसको lactation period 9 महिनाको हुन्छ।


Note:
      नेपालमा सबैभन्दा बढी भित्रिएको जात मुर्रा हो तराईमा ९०% शुद्ध मुर्रा पालिन्छ भने पहाडमा ७५% शुद्ध मुर्रा को जात पाल्न सकिन्छ।

२) निलिराभी;
* यसको उत्पत्ति भारतमा भएको हो
* यसको शारीरिक बनावट; लामो घाँटी, सिङ्ग घुम्रिएको, ठूलो टाउको, निधार भुक्क उठेको (निधारको बिचमा सेतो धब्बा भएको )र कालो, खैरो रङ हुन्छ
* यसको दूध उत्पादनका क्षमता प्रतिवेद १८००L हुन्छ
* यसको दूधमा ४ देखि ६% फ्याट पाइन्छ
* यसको lactation period 250 दिनको हुन्छ
* यो जातको भैसी पाकिस्तानको सतलज र भारतको अमृत शारमा बढी संख्यामा पाइन्छ
* यसको शारीरिक तौल: भैसी ४५०kg
                                  रागो ५५०kg

३) सुर्ती;
* यसको उत्पत्ति भारतको गुजरातमा भएको हो
* यसको शारीरिक बनावट: लामो टाउको,हसिया आकार को सिङ्ग,र कालो खैरो रङको हुन्छ
* यो जातको भैसी शान्त प्रकृतिको हुन्छ
*मुर्रा भन्दा सानो आकारको हुन्छ भने यसको त दुधे नसाहरु बाहिरबाट नै प्रष्ट देखिन्छ
*यसको शारीरिक तौल ४००-५००kg को हुन्छ
*यसको दुध उत्पादन क्षमता प्रतिवेद १२००-१६००L हुन्छ
*यसको दूतमा 7•5% fat पाइन्छ
* यसको lactation period 8 महिना को हुन्छ।


४)जाफारवादी;
* यसको उत्पत्ति भारतको जाफारवादी भन्ने ठाउँमा भएको हो
* यसको शारीरिक बनावट: सिङ्ग लामा र घाटी तर्फ घुर्मिएको छोटो घाँटी चढेर नमिलेको र कालो रङको हुन्छ।
* यसको शारीरिक तौल ५००-६००kg को हुन्छ
* यसको दुध उत्पादन क्षमता प्रतिवेदन 1800-1900L हुन्छ
* यसको दुधमा 10% fat पाइन्छ
* यसको lactation period 250 दिन को हुन्छ।( ८ महिना)

# दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई;

 # दूध तथा जोत्न/गाडा तान्न को लागि प्रयोग हुने गाई;


१)भार्रपार्कर:
* यसको उत्पत्ति पाकिस्तानको ka भार्रपार्कर भन्ने ठाउँमा भएको हो
* यो गाई प्राय सेतो रङ्ग हुन्छ
* यसको शारीरिक बनावट : शारीर सानो ,निधार उठेको, जुरो भएको र माध्यम खालको सिङ्ग हुन्छ
* पुच्छर कालो र झुप्प परेको हुन्छ
* यसको कचौडी ठूलो विकसित र व्रुन ३•४inch लामो हुन्छ
* यो गाईको पहिलोपटक बाली जाने उपयुक्त उमेर 42-46 महिना हो
* यसको शारीरिक तौल:-
                                  *गाई ३६५-४५०kg
                                  *साढे ३८०-६४०kg
* यो गाईको दुध पदन छमता प्रतिवेद 1700 -1750L को हुन्छ
* यस गाईको दूध 4•8%fat हुन्छ
* यसको दुध दिने अवधि 305 दिनको हुन्छ।


२)निलोरी;
* यसको उत्पत्ति भारतको आन्ध्रप्रदेशमा भएको हो
* यसको शरीरको रङ सेतो हुन्छ
* यसको सिंह छोटा र मोटा हुन्छन् जुरो हुन्छ
* यो जातको गाई को दुध उत्पादन तथा जोत्न/गाडा तान्नाको लागि प्रयोग हुन्छ
* यो गाईको पहिलोपटक bali जाने उपयुक्त उमेर 36-55 महिना हो
* यसको शारीरिक तौल:-
                                      *गाई ४५०kg
                                      *साढे ५००kg
* यो गाईको दुध उत्पादन क्षमता प्रतिवेद 1500-2200L हुन्छ
* यस गाईको दूधमा 5% फ्याट पाइन्छ
* यसको दुध दिने अवधि 305 दिनको हुन्छ


३)हरियाना:
* यसको उत्पत्ति भारतको हरियानामा भएको हो
* यसको शारीरिक बनावट; सिङ्ग लामो र तिखा , जुरो भएको सेतो रङ ,अग्लो ,कसिलो शरीर
* यो जातको गाईको साढे नेपालको तराईको गाउँ जोत्न र गाडा तान्न प्रयोग गरिन्छ
* यो जातको गाई 32-42 दुई महिनाको उमेरमा बाली जान्छ
* यसको शारीरिक तौल:-
                                      *गाई ३५०kg
                                      *साढे५५०kg
* यो गाई दुध उत्पादन क्षमता प्रतिवेद 1200Lहुन्छ
* यस गाईको दूधमा 4•5% फ्याट हुन्छ
* यसको दूध दिने अवधि 305 दिनको हुन्छ।

# विदेशी जातका गाई हरु को विशेषता

  # विदेशी जातका गाई हरु को विशेषता


१) जर्सी;

* यसको उत्पत्ति बेलायतमा भएको हो
* कडा कचौडीलाई ( udder) भनिन्छ
* पेटलाई (Abdomen) भनिन्छ
* यसको पेट ठुलो हुन्छ
* यस गाईको आकार त्रिभुज हुन्छ
* यो रातो, सेतो र कालो रङ्ग हुन्छ
* यसको घाँटी लामो हुन्छ र यसको जुरी हुँदैन
* यसको बाली जाने उपयुक्त उमेर 38 महिना हो
* यसको दूध उत्पादन क्षमता प्रतिवेदन औषतमा ७००० लिटर भन्दा बढी दुध दिन्छ।
* यसको साँढे बढी आक्रमक स्वभावको हुन्छ
* यसको शारीरिक तौल: गाई= ४५० kg
                                साढे= ६७५kg
* यसको दुध दिने अवधि 305 दिनको हुन्छ
* यस गाईको दूधमा ५ देखि ७%फ्याट हुन्छ।


२)हेलिस्टेन फ्रिजन:
* यसको उत्पत्ति नेदरल्याण्डमा भएको हो
* यो कालो र सेतो रङ मिसिएको झालमाले हुन्छ
* यो संसारको सबैभन्दा धेरै दूध दिने गाई हो
* उन्नत जातहरु को गाईको तुलनामा यसको शरिर ठुलो हुन्छ
* यो जातको गाई शान्त स्वभावको हुन्छ तर साढे हिंस्रक स्वभावको हुन्छ
* यसको जुरो हुँदैन
* यसको शारीरिक तौल: गाई ६७५
                                 साढे १००० kg को हुन्छ
* यसको दूध उत्पादनको छन्ता प्रतिवेदन औसतमा ६५०० देखि ८०००L सम्म दिन्छ
* यो पहिलोपटक बालि 36 महिनाको उमेरमा जान्छ
* यसको दुधमा तीनपल्ट 3•5 % fat पाइन्छ
* यसको दुध दिने अवधि 305 दिनको हुन्छ

३) ब्राउन सुइस:
* यसको उत्पत्ति स्विजरल्याण्डमा भएको हो
* यसको शारिरीक रङ खैरो हुन्छ र जुरो हुँदैन
* यसको बहरलाई जीवन तथा भारी बोकाउने कामको लागि प्रयोग गरिन्छ
* यसको शारीरिक तौल:६२५kg
                                  ९००kg
* यसको दूध उत्पादन क्षमता प्रतिवेद औसत 7,500L हुन्छ
* यसको दूधमा 4% fat पाइन्छ
* यसको दुध दिने अवधि 305 दिनको हुन्छ।

४)रेड सिन्धी:
* यसको उत्पत्ति पाकिस्तानमा भएको हो
* यसको रंग रातो ,सिङ्ग (horn)बोधो हुन्छ र ठुलो जुरो हुन्छ।
* यसको शारीरिक तौल: गाई ३००kg
                                  साढे ४५०kg
* यसको दुध उत्पादन क्षमता प्रतिवेद 1800L हुन्छ
* यसको दूधमा 4•5 %फ्याट हुन्छ

* यसको दुध दिने ३०५दिन हुन्छ।

५)साहिवाल:-
* यसको उत्पत्ति भारतको पञ्जाबमा भएको हुन्छ।
* यसको शारीरिक बनावट: चाक्लो निधार
                                  छोटा खुट्टा, छोटा सिङ्ग
                                  एक तर्फ ढल्केको जुरो हुन्छ।
* यसको छाला खुकुलो र झल्केको हुन्छ
* यो रातो ,खैरो रङको हुन्छ
* यसको शारीरिक तौल: गाई ३४०kg
                                  साढे ५००kg
* यसको दूधमा ६% फ्याट पाइन्छ
* यसको दुध उत्पादन क्षमता प्रतिवेद 2500L हुन्छ
* यो पहिलोपटक बाली 30-43 महिनाको उमेरमा हुन्छ।

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

 # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

थुप्रै नेपाली कृषकहरुले स्थानीय जातका कम उत्पादक गाई पाल्दै आइरहेका छन् ।उन्नत वा धेरै उत्पादनशिल जातका गाई पाल्नेको संख्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ। अत्याधिक व्यवसायिक पशुपालन गर्न कुनै पनि कृषकले आफ्नो लागि उपयुक्त नचल्दा जातको पहिचान गर्न सक्नु निक्कै महत्वपूर्ण हुन जान्छ । हामी विभिन्न भौगोलिक क्षेत्रमा पाइने केही स्थानीय जातका गाई हरु को बारेमा व्याख्या गर्दछौं।

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

१) लुलु :
* यसको उत्पत्ति मुस्ताङ जिल्लामा भएको हो
* अहिले डोल्पा र मनाङमा पनि पाइन्छ
* यो जुरो नभएको (humped less) गाई हो
* यो विशेषगरी नेपालको उच्च पहाडी देखि हिमाली भेग सुख्खा वातावरणमा सजिलैसँग पाल्न सकिन्छ।
* यसको शाब्दिक बनावट छोटा खुट्टा ,होचो कद, लामो पुच्छर ,बाक्ला रौ ले शरीर ढाकेको हुन्छ
* यसको शाब्दिक तौल;
           वयस्क भाले - १५०-२२५ kg
           भाउ- १२०-१६० kg
* यसको पहिलो पटक बारी जाने उमेरका 36 42 महिना
* यसको दुध दिने क्षमता 600L प्रति वेढ 1•6 L प्रतिदिन
• यो gestation period 280 दिनको हुन्छ
• यसको lactation period 180-210 दिनको हुन्छ।


२) अछामी;
* यसको उत्पत्ति  अछाम जिल्लामा भएको हो तर अहिले बझाङ ,बाजुरा र डोटीमा पालिन्छ।
* यो आकार र तलमा संसारको सबैभन्दा सानो जात हो
* यो संसारकै दुर्लभ तथा लोप उन्मुख जात हो
* यसको रङ कालो र छाला नरम हुन्छ
* यसको शारिरीक तौल 120-200kg हुन्छ
* यसले प्रतिवेद 300 litre उत्पादन गर्दछ र प्रतिदिन 1•5 देखि 2Lसम्म दूध दिन्छ
*यसको lactation period180 दिन को हुन्छ
*यसको पहिलो पटक बाली जाने उमेर 4 वर्ष हो।

३) पहाडी गाई
* यो नेपालको पहाडी क्षेत्रको ४०००m सम्मकै उचाईमा पाइने स्थानीय जातको गाई हो।
* यसको शरीर सानो र कम दुध दिन्छ
* यसको तौल 150 देखि 162सम्मको हुन्छ
* यसको प्रतिदिन 1•1L दूध दिन्छ
* यसको Lactation period 146दिनको हुन्छ।

४) तराईका गाई;
* यो नेपालको तराई क्षेत्रमा पाइन्छ
* यो गाई धेरै भाडा तान्ने को लागि उपयोग गरिन्छ
* यसको तौल 230-250kg सम्म हुन्छ
* यसले कम दुध दिन्छ (१•५ २•५L पाइन्छ)
* यसको पहिलो पटक बाली जाने ३-५ वर्ष हो।


५) खैला;
* यो नेपालको सुदुरपश्चिम क्षेत्रमा पाइने स्थानीय जातको गाई हो
* यसको शरीर बलियो र केही देखि रिसालु स्वभावको हुन्छ
* अरू स्थानीय जातका गाईको तुलनामा यो गाईको शरीर केही ठूलो हुन्छ
* यसको पहिलो पटक बाली जाने योग्य उमेर ३० ४५ महिना हो
* यसको शारिरीक तौल २५०-३००kg को हुन्छ
* यसको दूध उत्पादन क्षेत्रमा ताल प्रतिदिन 2•5L हुन्छ।


६) सिरी;
* यो नेपालको पूर्वी पहाडी क्षेत्रमा पाइन्छ
* यो जातको गाई नेपालको स्थानीय कायहरु मध्ये सबैभन्दा धेरै दुध उत्पादन गर्ने गाई हो
* यसको शारिरीक तौल औसतमा 286kgको हुन्छ
* यसको शारीरिक बनावट=निधार चेप्टो
                                    = सानो कान
                                    = अगाडि निस्किएर माथि
                                    फ्याकेका सिङ्ग
* यसको दूध उत्पादन क्षमता प्रतिदिन ६L हुन्छ 
* यसको lactation period 268दिनको हुन्छ।


७) याक /चौरी (याक female) (  याक male)
* यो सामुदायिक सतह देखि ३००० देखि ४५०० मि समूह उचाइमा पाइन्छ।
* यो नेपालको हिमाली क्षेत्रमा पाइने गाई हो
* याकको शारीरिक तौल औसतमा ३२०kg को हुन्छ
* याकको शारीरिक तौल औसतमा २३० kg को हुन्छ
* चौरीको शारीरिक तौल २२० kg को हुन्छ
* याकले प्रतिदिन २•३L दूध उत्पादन गर्दछ
* चौरी ( डिम्जो चौरी) ले प्रतिदिन ३•४L दुध उत्पादन गर्दछ
* चौरी को दुधमा 7 देखि 9percent फ्याट हुन्छ
* यसको पहिलो पटक ब्याउने उमेर 36 महिना हो
*  यसको lactation period 167 दिनको हुन्छ।


# Note:
* याक र स्थानीय जातको बहरको क्रस भएको छ भने डिमजो चौरी भनिन्छ
* शुद्ध जातको भाले (याक) र पहाडको स्थानीय जातको गाई को प्रजन्न बाट जन्मेको बाच्छीलाई उराङ चौरी भनिन्छ।





Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...