Friday 20 August 2021

# पशुलाई नियन्त्रणमा ल्याउने तरिका (Restrain of animals)

 # पशुलाई नियन्त्रणमा ल्याउने तरिका
   (Restrain of animals)


पशुहरुलाई विभिन्न उद्देश्यले नियन्त्रणमा तथा काबुमा ल्याउने तरिकाले Restrain of animals भनिन्छ। पशुलाई नियन्त्रणमा लिँदा विभिन्न तरिका अपनाउन सकिन्छ जुन यसप्रकार छ।
१) भौतिक तरिका(Travis)
२) जुरको डोरीले बाँधेर गरिने तरिका(casting rope)

१) भौतिक तरिका:
              ठूला पशुहरुलाई नियन्त्रणमा  लिन प्रयोग गरिने काठ तथा फलाम द्वारा निर्मित विशेष प्रकारको खोरलाई Traivis भनिन्छ । यसलाई स्थानीय सामग्रीहरु जस्तै: बास काठ तथा फलाम द्वारा बनाउन सकिन्छ। यसको चौडाइ 1m र लम्बाई 1 point 9 मिटर हुनुपर्दछ । त्यस्तै गरी पहिलो काठको उचाइ 1•6m र दोस्रो काठको उचाइ 1•4m र तेस्रो काठको उचाइ 1•2m हुनुपर्दछ र जमिनमुनि काठ 60cm गाडनु पर्दछ। Travis विशेषगरी निम्न उद्देश्यले बनाइन्छ।

१) औषधी खुवाउन को लागि
२) पशुहरुलाई इन्जेक्सन र भ्याक्सीन लगाउनुको लागि
३) तुला पशुहरुलाई कुत्रिमा गर्भाधान (AI) गर्ने
४) Palpation method बाट पशुको भित्री अङ्ग थाहापाउनु को लागि आदि।

२) casting rope:
             ठूला पशुहरुलाई नियन्त्रणमा लिनको निम्ति 12 देखि 15m लामो जुटद्वारा बनेको र सिलाई casting rope भनिन्छ। casting rope विशेष गरी बन्ध्याकरण ( castration) गर्नेको निम्ति प्रयोग गरिन्छ।


पशुलाई casting rope नियन्त्रणमा लिने तरिका निम्न छन्;

१) एउटा छोटो डोरीले बलियो किल्ला वा रुपमा टाउको लाई बाध्ने,
२) सो डोरी किल्लाको तल्लो भागमा बुई नजिक बाध्ने
३) लामो डोरी लिएर एउटा टुप्पो तिर स्थिर गोठलाई बनाइ गाँठो पार्ने र यो गाँठो सुर्के नपर्ने खालको हुनुपर्दछ
४) त्यसपछि पशुको बायाँपट्टि भएको मान्छेले  नबाधेको डोरीको टुप्पो पशुको ढाड माथिबाट पशुको दायाँपट्टी को मानिस तिर लैजानुपर्दछ
५) पशुको छाति ओरिपरी डोरी परेर अलि भएको हुनुपर्दछ र त्यसका डोरिलाई दरिलो गरी नकसिने गरी विस्तारै
६) डोरीलाई फेरि पशुको शरीरको तल बाट घुमाई माथि छिल्लिएर पहिला जस्तै गरी Hip bone को ठिक अघि पर्नेगरी दोस्रो गोठ बनाइ अल्झाउने र डोरीको टुप्पोलाई एकदेखि दुई जनाले तान्ने
७) पशु ठल्ने बित्तिकै टाउको जमिन तब तर्फ राम्ररी उठाउने यसो गर्दा पशु उठ्न सक्दैन र उठ्ने कोशिस गर्न पनि  छोड्दैन।

No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...