पशु पोषण सम्बन्धी केहि जानकारी

              पशु पोषण सम्बन्धी केहि जानकारी 


सुख्खा पधार्थको आधारमा गाईभैसिलाई आवश्यक पर्ने जम्मा खुराकको ३५% भन्दा कम खुराक घाँस परालबाट उपलब्ध गराएमा दुधको घृताङ्स घट्छ । 

अन्य घासेबालिको तुलनामा कोशेजातका घासे बालिमा बढी क्याल्सियम तत्व पाइने हुँदा पशु ब्याउन भन्दा केही दिन अघि र ब्याएपछी कोशेजातको घाँस खुवाउनाले सिताङ्ग ज्वरोको न्युनिकरण गर्न सकिन्छ ।

 दाना खुवाइरहेको पशु हो भने धेरै कोशे घासको आवश्यकता पर्दैन किनकि दाना र घासेबालि दुबैबाट प्राप्त हुने क्याल्सियमको मात्रा बढी भयो भने पनि सिताङ्ग ज्वरोको सम्भावना बढ्न जान्छ । 

 ब्याउने गाइभैसिलाई ब्याउनु भन्दा २ हप्ता अगाडी देखि नै दाना खुवाउन शुरु गर्नु पर्दछ र दानाको मात्रा बिस्तारै बढाउदै लैजाने यो प्रक्रियाले ब्याएपछी पशुलाइ दुध उत्पादन क्षमता वृद्धि गर्न र दानाको कारण हुने बिरामीलाई न्यूनीकरण गर्न सकिन्छ ।

 क्लोभर घाँस तथा त्व्सयिक प्रजातिका घासमा बढी इस्ट्रोजन नामाक हर्मोन हुने हुनाले बाली जाने समयमा खुवाउनु हुदैन ।

 बन्दा,प्याज,काउली तथा लसुनको घाँस खुवाउदा पनि दुधको स्वाद र गन्धमा असर गर्दछ । अकोशे घासको तुलनामा कोशे घासमा प्रोटिनको मात्रा बढी हुन्छ । 

तसर्थ अकोशे जातको घासलाइ एकल रूपमा खुवाउन भन्दा कोशे जातको घाँससंग मिसाएर खुवाउदा दूध उत्पादनमा वृद्धि हुन् पाडी वा बाच्छी जन्मेको एक वर्ष भित्र नै निकै मोटो भएमा कल्चौडामा रहेको कोशिकाको वृद्धिको साटो बोसो लाग्न थल्छ । 

फलस्वरुप पाडिबाच्छी ब्याएपछी सोछे जस्तो दूध उत्पादन हुनसक्दैन। उन्नत नश्लका बाच्छिलाइ पहिलो बेत करिब २६ महिनामा ब्याउने हिसाबले हेरचाह र स्याहार गर्नुपर्दछ । जस्ले कम उमेरमा ब्याउदा ब्याउन गाह्रो हुने तथा प्रजनन प्रणालिको समस्याहरुलाई न्यूनीकरण गर्न सकिन्छ ।

 पहिलो पटक ब्याएको वा ब्याउने गाइभैसिलाई अन्य गाइभैसिको बथान्बाट छुट्याइ स्याहार गरेमा दूध उत्पादन बढी, चाडैं बाली जाने र तुहिने सम्भावना कम हुन्छ ।

 तोरीको पिना चिसो पानीमा खुवाउदा पशु बस्तुको शरिरको लागी लाभदायक रहन्छ भने आलसको पिना चिसो पानीमा भिजाएर खुवाउदा पशु विष लागेर मर्ने हुन्छ   



Comments

Popular posts from this blog

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

# भैसीका जातहरु

पशुपन्छी बाट मानिसमा सर्ने जुनोटिक रोगहरु