पशु पोषण सम्बन्धी केहि जानकारी
पशु पोषण सम्बन्धी केहि जानकारी सुख्खा पधार्थको आधारमा गाईभैसिलाई आवश्यक पर्ने जम्मा खुराकको ३५% भन्दा कम खुराक घाँस परालबाट उपलब्ध गराएमा दुधको घृताङ्स घट्छ । अन्य घासेबालिको तुलनामा कोशेजातका घासे बालिमा बढी क्याल्सियम तत्व पाइने हुँदा पशु ब्याउन भन्दा केही दिन अघि र ब्याएपछी कोशेजातको घाँस खुवाउनाले सिताङ्ग ज्वरोको न्युनिकरण गर्न सकिन्छ । दाना खुवाइरहेको पशु हो भने धेरै कोशे घासको आवश्यकता पर्दैन किनकि दाना र घासेबालि दुबैबाट प्राप्त हुने क्याल्सियमको मात्रा बढी भयो भने पनि सिताङ्ग ज्वरोको सम्भावना बढ्न जान्छ । ब्याउने गाइभैसिलाई ब्याउनु भन्दा २ हप्ता अगाडी देखि नै दाना खुवाउन शुरु गर्नु पर्दछ र दानाको मात्रा बिस्तारै बढाउदै लैजाने यो प्रक्रियाले ब्याएपछी पशुलाइ दुध उत्पादन क्षमता वृद्धि गर्न र दानाको कारण हुने बिरामीलाई न्यूनीकरण गर्न सकिन्छ । क्लोभर घाँस तथा त्व्सयिक प्रजातिका घासमा बढी इस्ट्रोजन नामाक हर्मोन हुने हुनाले बाली जाने समयमा खुवाउनु हुदैन । बन्दा,प्याज,काउली तथा लसुनको घाँस खुवाउदा...