Friday 20 August 2021

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

 # नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

थुप्रै नेपाली कृषकहरुले स्थानीय जातका कम उत्पादक गाई पाल्दै आइरहेका छन् ।उन्नत वा धेरै उत्पादनशिल जातका गाई पाल्नेको संख्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ। अत्याधिक व्यवसायिक पशुपालन गर्न कुनै पनि कृषकले आफ्नो लागि उपयुक्त नचल्दा जातको पहिचान गर्न सक्नु निक्कै महत्वपूर्ण हुन जान्छ । हामी विभिन्न भौगोलिक क्षेत्रमा पाइने केही स्थानीय जातका गाई हरु को बारेमा व्याख्या गर्दछौं।

# नेपालमा पाइने स्थानीय जातका गाईको विशेषताहरु

१) लुलु :
* यसको उत्पत्ति मुस्ताङ जिल्लामा भएको हो
* अहिले डोल्पा र मनाङमा पनि पाइन्छ
* यो जुरो नभएको (humped less) गाई हो
* यो विशेषगरी नेपालको उच्च पहाडी देखि हिमाली भेग सुख्खा वातावरणमा सजिलैसँग पाल्न सकिन्छ।
* यसको शाब्दिक बनावट छोटा खुट्टा ,होचो कद, लामो पुच्छर ,बाक्ला रौ ले शरीर ढाकेको हुन्छ
* यसको शाब्दिक तौल;
           वयस्क भाले - १५०-२२५ kg
           भाउ- १२०-१६० kg
* यसको पहिलो पटक बारी जाने उमेरका 36 42 महिना
* यसको दुध दिने क्षमता 600L प्रति वेढ 1•6 L प्रतिदिन
• यो gestation period 280 दिनको हुन्छ
• यसको lactation period 180-210 दिनको हुन्छ।


२) अछामी;
* यसको उत्पत्ति  अछाम जिल्लामा भएको हो तर अहिले बझाङ ,बाजुरा र डोटीमा पालिन्छ।
* यो आकार र तलमा संसारको सबैभन्दा सानो जात हो
* यो संसारकै दुर्लभ तथा लोप उन्मुख जात हो
* यसको रङ कालो र छाला नरम हुन्छ
* यसको शारिरीक तौल 120-200kg हुन्छ
* यसले प्रतिवेद 300 litre उत्पादन गर्दछ र प्रतिदिन 1•5 देखि 2Lसम्म दूध दिन्छ
*यसको lactation period180 दिन को हुन्छ
*यसको पहिलो पटक बाली जाने उमेर 4 वर्ष हो।

३) पहाडी गाई
* यो नेपालको पहाडी क्षेत्रको ४०००m सम्मकै उचाईमा पाइने स्थानीय जातको गाई हो।
* यसको शरीर सानो र कम दुध दिन्छ
* यसको तौल 150 देखि 162सम्मको हुन्छ
* यसको प्रतिदिन 1•1L दूध दिन्छ
* यसको Lactation period 146दिनको हुन्छ।

४) तराईका गाई;
* यो नेपालको तराई क्षेत्रमा पाइन्छ
* यो गाई धेरै भाडा तान्ने को लागि उपयोग गरिन्छ
* यसको तौल 230-250kg सम्म हुन्छ
* यसले कम दुध दिन्छ (१•५ २•५L पाइन्छ)
* यसको पहिलो पटक बाली जाने ३-५ वर्ष हो।


५) खैला;
* यो नेपालको सुदुरपश्चिम क्षेत्रमा पाइने स्थानीय जातको गाई हो
* यसको शरीर बलियो र केही देखि रिसालु स्वभावको हुन्छ
* अरू स्थानीय जातका गाईको तुलनामा यो गाईको शरीर केही ठूलो हुन्छ
* यसको पहिलो पटक बाली जाने योग्य उमेर ३० ४५ महिना हो
* यसको शारिरीक तौल २५०-३००kg को हुन्छ
* यसको दूध उत्पादन क्षेत्रमा ताल प्रतिदिन 2•5L हुन्छ।


६) सिरी;
* यो नेपालको पूर्वी पहाडी क्षेत्रमा पाइन्छ
* यो जातको गाई नेपालको स्थानीय कायहरु मध्ये सबैभन्दा धेरै दुध उत्पादन गर्ने गाई हो
* यसको शारिरीक तौल औसतमा 286kgको हुन्छ
* यसको शारीरिक बनावट=निधार चेप्टो
                                    = सानो कान
                                    = अगाडि निस्किएर माथि
                                    फ्याकेका सिङ्ग
* यसको दूध उत्पादन क्षमता प्रतिदिन ६L हुन्छ 
* यसको lactation period 268दिनको हुन्छ।


७) याक /चौरी (याक female) (  याक male)
* यो सामुदायिक सतह देखि ३००० देखि ४५०० मि समूह उचाइमा पाइन्छ।
* यो नेपालको हिमाली क्षेत्रमा पाइने गाई हो
* याकको शारीरिक तौल औसतमा ३२०kg को हुन्छ
* याकको शारीरिक तौल औसतमा २३० kg को हुन्छ
* चौरीको शारीरिक तौल २२० kg को हुन्छ
* याकले प्रतिदिन २•३L दूध उत्पादन गर्दछ
* चौरी ( डिम्जो चौरी) ले प्रतिदिन ३•४L दुध उत्पादन गर्दछ
* चौरी को दुधमा 7 देखि 9percent फ्याट हुन्छ
* यसको पहिलो पटक ब्याउने उमेर 36 महिना हो
*  यसको lactation period 167 दिनको हुन्छ।


# Note:
* याक र स्थानीय जातको बहरको क्रस भएको छ भने डिमजो चौरी भनिन्छ
* शुद्ध जातको भाले (याक) र पहाडको स्थानीय जातको गाई को प्रजन्न बाट जन्मेको बाच्छीलाई उराङ चौरी भनिन्छ।





No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...