Friday 20 August 2021

Castration ( पशु बन्धयाकरण)

 Castration ( पशु बन्धयाकरण)


भाले जनावरहरू जस्तै बहर,बोका, बङगुर ,कुकुर,घोडा आदिलाई प्रजनन  अयोग्य बनाउने तरिकालाई बन्ध्याकरण भनिन्छ। त्यसैगरी पोथी पशु तथा जनावरलाई प्रजन्न अयोग्य बनाउने तरिकालाई spaying भनिन्छ।

# पशु बन्ध्याकरणको फाइदा;
* मासुको गुणस्तर तथा खाद्यमा वृद्धि गर्ने
* अनावश्यकप्रजननकार्य रोक्न
* पशुलाई शान्त स्वभावको बनाउन
* वंशाणु सुधार गर्ने
* हाड नाताको सम्बन्ध रोक्न आदि।

# castration गर्न उपयुक्त उमेर;

पशुको जात              उमेर
* बोका                   2-3 महिना
* बहर                   12-18 महिना
* बङगुर                  2-3 हप्ता
* भेडा                    5-6 महिना

# खसी /पशु बन्ध्याकरण पार्ने  तरिका;

पशु विशेष गरी दुई तरिका का खसी पारिन्छ;
१) close method
२) open method (surgical method)


१) close method
* यो तरिकालाई रगत मुक्त (blood less)पनि भनिन्छ
* यो विधि प्राय गाई, भैसी ,भेडा र बाख्रा मा प्रचलित छ
* यस विधिमा Burdizzos Castrator को प्रयोग गरिन्छ
* यस विधिमा Burdizzos Castrator को सहायताले अण्डासय को            (Vas deferens) नलीलाई च्याप्ने गरिन्छ फलस्वरूप प्रजन्न कार्यमा शुक्र कृषि शुक्रकिटको प्रवाह बन्द हुन गाई गर्वधारण नरहने हुन जान्छ।

# close method बोकालाई खसी पार्ने तरीका;
* खसी पाने भोकलाई राम्रो संग नियन्त्रणमा लिने
* दुबै अण्डकोषलाई विस्तारै तलतिर तान्ने र दुईवटा अौला को शाही ताले विर्यनली/शुक्रनलीलाई छेउ तिर पार्ने
* Burdizzos मेसिनको दाँत माथितिर पारेर लिने
* एक छेउको शुक्र नदी मेसिनको एकातिर पार्ने र बुढी औंलाले थिच्ने
• मेसिन लाई कट्वक आवज आउनेगरी च्याप्ने यसलाई 15- 20 सेकेन्ड सम्म बन्द गर्ने
* त्यसपछि Burdizzos Castrator मेसिन फुकाउने र बाहिर निकाल्ने
* यदि शंका लागेमा फेरि सोही ठाउँको अलिकती तल पारेर पहिला जस्तै गरि च्याप्ने
* अर्को भागमा / ठाउँमा पनि माथि जस्तै गरेर च्याप्ने र च्यापेको ठाउँमा iodine लगाइदिने

# खसी पार्दै अपनाउने सावधानी;
* Burdizzosले शुक्रनलि / विर्यनली लाई मात्र च्याप्ने
* खसी पार्दा विर्यनली चिप्लिन नदिने
* छाला दोव्रिएको ठाउँमा Burdizzosले नच्याप्ने
* च्यापिएको ठाउँमा पानी पर्न नदिने


२)Open method
         यो विधि प्राय बंगुर, कुकुरहरुमा प्रचलित छ । यो विधिमा विशेषगरी घोडा, कुकुर तथा बंगुरका पाठापाठीलाई प्रजन्न अयोग्य बनाउन सकिन्छ।

# open method खसी पार्ने तरीका;

* शल्यक्रियामा आवश्यक पर्ने विधि उपकरण र औषधीको प्रयोग गरिन्छ
* अण्डकोषलाई पेट तिर धकेली अन्डकोषको तलतिर छालामा antiseptic solution लगाइन्छ
* विलेटले अन्डकोष जोडिएको ठाउँ काट्ने र vas deferens लाई catgut सुचरले बाँध्ने
* त्यसपछि बाँधेको भागदेखि अन्न कोषलाई चुँडाउने वा काटेर एक-एक गरी बाहिर निकाल्ने
* अण्डकोष निकालिसकेपछि बाहिरी छालालाई नाइलन वा कटनको धागोले सिलाउने
* हृदयको ठाउँमा antiseptic solution तथा Himex मलम लगाई दिने

No comments:

Post a Comment

Breeding System (प्रजन्न प्रणाली) Important

  Breeding System (प्रजन्न प्रणाली) Important Species( जात) Breed(नश्ल) Breeding(नश्ल सुधार) # species;         फरकफरक क्रोमोजोमको संख्या भए...